Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बढ्यो गुइँठाको प्रयोग

२०७९, २४ पुष आईतवारमा प्रकाशित

कपिलवस्तुको दक्षिणी क्षेत्रमा खाना पकाउनका लागि परम्परागत रूपमा गुइँठाको प्रयोग बढ्दै गएको छ। गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन्। कपिलवस्तु नगरपालिका–६, थुम्हवाकी आनारा यादव जाडो सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन व्यस्त हुनुहुन्छ। गोबर सुकाएर गुइँठा बनाएपछि दाउराका रूपमा प्रयोग गर्न सकिन्छ।

उहाँले भन्नुभयो, “हाम्रो परिवारको सङ्ख्या ठूलो भएका कारण एलपी ग्यासको सट्टा गुइँठाको प्रयोग गर्दै आएका छौँ। जाडोमा आगो ताप्न पनि मद्दत पुग्छ।” थुम्हवाकी यादवजस्तै त्यस क्षेत्रका अन्य गृहिणीको दिनचर्या पनि गोठबाट गोबर सङ्कलन गरेर गुइँठा बनाउन बित्ने गरेको छ। यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको दिनचर्या गोबर सङ्कलन गर्ने र गोबरमा भुस तथा पराल राखेर त्यसलाई सुकाएपछि गुइँठा तयार पार्नमा बित्ने गरेको छ।

दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनु आफ्नो बाध्यता भएको स्थानीय मेरु धोबीले बताउनुभयो। उहाँले सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो। “पहिलेपहिले जङ्गलबाटै दाउरा ल्याए पनि अहिले वनजङ्गल मासिँदै गएपछि गाईभैँसीको गोबरबाट गुइँठाको प्रयोग गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “जङ्गल पनि जोगियो, खाना पनि पाक्यो।”

प्राङ्गारिक मलका रूपमा प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्न थालेपछि गोबरको मल बनाउन भने समस्या भएको छ। खेतबारीमा रासायनिक मलको माग बढ्न थालेको स्थानीय बताउँछन्। स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ। भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र अन्य फोक्सोसम्बन्धी रोगले च्याप्ने भनाइ स्वास्थ्यकर्मीको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu