Connect with us
Kapilvast Forest

नाटकमा बुद्धको कथा

२०७९, २६ पुष मंगलवारमा प्रकाशित

काठमाडौँ- नाटक ‘गच्छामी’ लेखक पुण्यप्रसाद गौतमद्वारा लिखित पुस्तक गौतम बुद्धमा आधारित नाटक हो। लुम्बिनीमा जन्मेका राजकुमार सिद्धार्थ गौतम कपिलवस्तुको दरबार र राजकाज छोडेर गएको र बोधगयामा बुद्धत्व प्राप्त गरेपश्चात् कपिलवस्तु, लुम्बिनी फर्किएसम्मको कथा नाटक ‘गच्छामी’मा प्रस्तुत गरिएको छ।

शाक्यमुनि बुद्धका बारेमा बताउने नाटकमा दुई दाजुबहिनीलाई सूत्राधार बनाइएको छ जो कलेजका विद्यार्थी हुन्छन्। कलेजले दुवैलाई गौतम बुद्ध को हुन् भन्ने पत्ता लगाउन सोधपत्रको काम दिएको हुन्छ। दुवैले यस विषयमा रिसर्च गर्न थाल्छन्। रिसर्च गर्दा भेटिएका सत्य र तथ्य नै नाटकको मुख्य कथा हो।

त्यस्तै यशोधराको संवादलाई नाटकभित्र नाटकीय ढङ्गबाट प्रस्तुत गरिएको छ। उनले भनेकी छिन्, “अनि म, युवराज्ञी यशोधरा, नारी शक्ति, म ऊर्जा हुँ युवराज, पाँचौँ तìव एवं राप र तापको स्रोत। मलाई छाडेर सत्यको खोजी गर्न हिँड्नुभयो ? तपाईंले त्यो पाइहाले पनि अपुरो हुनेछ। फेरि तिमी फर्केर कपिलवस्तु नै फर्कनुपर्नेछ।”

यता रोहिणी नदीको पानीलाई लिएर (कपिलवस्तु र कोलिया) बीचमा द्वन्द्व चर्किन्छ। युद्धकै परिस्थिति निम्तिन्छ। सिद्धार्थ गौतम युद्धको पक्षमा हुँदैनन्। युद्ध हुने भएपछि मेलमिलाप र शान्तिको पक्षमा रहेका सिद्धार्थले घर छोडेर निस्किन्छन्। परिवारको आग्रहलाई बेवास्था गरेर उनी दरबारको राजकाज छाडेर निस्कन्छन्। बुद्धत्व प्राप्त भएपछि फेरि उनी कपिलवस्तु फर्किन्छन्। यही कुराको सम्मिश्रण हो नाटक ‘गच्छामी’ ।

नाटकमा बुद्धको जन्म, जीवन र दर्शनलाई देखाउन खोजिएको छ। शाक्यमुनि सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भयो। उहाँले ज्ञानको खोजीकै लागि २९ वर्षमै सांसारिक मोहलाई त्यागेर भिक्षुको रूप धारणा गर्नुभयो। भारतको बोधगयामा बुद्धत्व प्राप्त गरी संसारमा दुःख, यसका कारण र निवारणबारे संसारलाई सिकाएर ‘गौतम बुद्ध’ बन्नुभयो। यिनै कुराको कथालाई नाटकमा केलाइएको छ।

नाटकमा प्रकाशको परिकल्पना पोखरेल र राजकुमार पुडासैनी, मञ्च परिकल्पना रङ्गकर्मी हमाल, वेषभूषा तथा सामग्री व्यवस्थापन निशा पोखरेल, ध्वनि तथा सङ्गीतमा उत्सवकुमार बुढाथोकी हुनुहुन्छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा मञ्चन गरिएको नाटकको परिकल्पना तथा निर्देशन रङ्गकर्मी सुनील पोखरेलले गर्नुभएको हो भने सह–निर्देशनमा रङ्गकर्मी वीरेन्द्र हमाल हुनुहुन्छ।

नाटकमा सुनिशा बजगाईं, राज न्यौपाने, सुवास तिमल्सिना, राजेन्द्र कट्टेल, सौजन लिम्बू, मोहन राई, प्रतिज्ञा भण्डारी, केशव शाही, प्रकाश थापा, आशिष घिमिरे, एलिजा तुम्बापो, विश्वास मानन्धर, यशराज विमली, आकाङ्क्षा केसी, जमिन राजथला, पूजा तिवारी, समीर राईलगायतको अभिनय रहेको छ। निर्देशकीय पक्षबाट नाटक धेरै राम्रो बनेको छ भने कलाकारको अभिनय ठीकठाक छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu