Connect with us
Kapilvast Forest

जाली नोटसहित एक महिला प्रहरी नियन्त्रणमा

२०७९, २६ पुष मंगलवारमा प्रकाशित

चितवन प्रहरीले जाली नोटसहित एक जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिनुभएको जानकारीअनुसार सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरी टोलीले कालिका नगरपालिका १ की ४२ वर्षीया गङ्गा तामाङलाई एक हजार दरका १३७ थान खोटा नोटसहित नियन्त्रणमा लिन सफल भएको हो ।

आइतबार रातिको सूचनाको आधारमा उहाँको डेरा कोठामा खानतलासी गर्दा चल्ती गर्न लुकाई राखेको अवस्थामा ती खोटा नोट फेला परेको हो ।

पक्राउ परेकी महिलालाई प्रमाणसहित नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागू हुनेगरी मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu