Connect with us
Kapilvast Forest

हिजोसम्म चिन्ता थियो, अब ढुक्क भएँ : प्रचण्ड

२०७९, २७ पुष बुधबारमा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् । गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका हुन् ।

‘कतै राजनीतिक दलबीच बिभाजन भयो, उनीहरुबीच प्रतिबद्धता र विश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो कि भनेर हिजोसम्म मलाई अलिकति चिन्ता थियो’ उनले भने ।

उनले राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न आफूले पाएको अवसर चुनौतीपूर्ण समेत रहेको बताए । गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको जानकारी दिए । भने, ‘अब छिट्टै प्रदेश सरकार पनि गठन हुँदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना छ, केन्द्रमा प्रधानमन्त्री पनि गोरखाबाट, भौतिक पूर्वाधार मन्त्री पनि गोरखाबाट अनि प्रदेशमा पनि मन्त्री हुनु यो एउटा दुर्लभ पाइने अवसर हो ।’

निर्वाचनको दौरान आफूले गरेका वाचा र प्रतिबद्धताहरुको राम्रै सम्झना रहेको बताउँदै उनले पूरा गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्ने जानकारी गराए ।

पृथ्वी जयन्ती ऐतिहासिक र दुरगामी महत्वका दिन भएकाले क्याविनेटबाट सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए । यसले सिङ्गो राष्ट्र र नेपाली जनतासँगै गोरखा र गोर्खाली जनताको पनि सम्मान भएको उनको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu