Connect with us
Kapilvast Forest

सभामुख र उपसभामुखमा उम्मेदवारी दिनुअघि सबै दलहरूसँग छलफल गर्ने कांग्रेसको निर्णय

२०७९, २८ पुष बिहीबारमा प्रकाशित

नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनमा उम्मेदवारी दिनुअघि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक गरी कांग्रेसले सत्ता र प्रतिपक्षमा रहेका सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

‘सभामुख र उपसभामुख निर्वाचनका सन्दर्भमा संसदमा रहेका सबै दलहरूसँग छलफल चलाउने निर्णय भएको छ,’ उनले भने, ‘स्ववियु चुनाव पनि आइरहेकोले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल गरियो।’

यही माघ ५ मा सभामुखको चयनका लागि निर्वाचन हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेसले सभामुखलगायत पदमा उम्मेदवारी दिन्छ कि दिँदैन भन्ने चासोसाथ हेरिएको छ। सहमहामन्त्री पाण्डेका अनुसार कांग्रेस एक्लैको भोटले मात्र सभामुख तथा उपसभामुखमा विजय हुन नसक्ने भएकोले अन्य दलहरूको सहयोग लिन छलफल चलाउने निर्णय गर्नुपरेको हो।

साथै चैत ५ मा स्ववियु चुनाव हुने भएकोले नेविसंघलाई पूर्णता दिनेबारे पनि पार्टीभित्र छलफल गरिएको पाण्डेले बताए। उनकाअनुसार प्रदेशहरूमा सभामुख चयन प्रक्रियामा उम्मेदवारी दिने वा नदिने निर्णय गर्ने अधिकार प्रदेशस्थित पार्टी कार्यसमितिलाई नै जिम्मेवारी दिइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu