Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चुनाव ३ गते हुने

२०७९, २९ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं-लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयलले माघ ३ गते मतदान गर्ने गरी सभामुख र उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार माघ २ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी मनोनयन गरिने छ भने त्यही दिन साढे ५ बजे उम्मेदवारको सूची सार्वजनिक गरिने छ ।

सभामुख चयनका लागि भने ३ गते दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने सचिवालयले जनाएको छ । सत्तारुढ दलहरुबीच लुम्बिनी प्रदेशको सभामुख नेकपा माओवादी केन्द्रले र उपसभामुख राप्रपाले लिने सहमति छ ।

सत्तारुढ दलहरुबीचको सहमति अनुसार लुम्बिनीमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu