Connect with us
Kapilvast Forest

घनश्याम एसको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत

२०७९, ३० पुष शनिबारमा प्रकाशित

ghanshyam

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनित भएका छन्। उनलाई शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गरेको पार्टी उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।

भुसालले शुक्रबार पार्टीमा प्रवेश गरेका थिए। गत मंसिर ४ गते भएको निर्वाचनमा उनी स्वतन्त्र चुनाव लडेका थिए। नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनको समर्थन थियो। तर उनी पराजित भएका थिए।

अहिले उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। स्रोतका अनुसार उनलाई एकीकृत समाजवादीका महासचिव बनाउने तयारी छ। उनलाई महासचिव बनाएर बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने तयारी गरेको हो।

यो प्रस्वात स्वयम् महासचिव बेदुराम भुसालले नै प्रस्ताव गरेको स्रोतले जनायो। यो प्रस्ताव केन्द्रीय कमिटीको बैठकले पारित गर्ने तयारी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu