Connect with us
Kapilvast Forest

शान्ति समाजको सभापतिमा बराल निर्वाचित

२०७९, १ माघ आईतवारमा प्रकाशित

मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् । पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न समाजको २५औं राष्ट्रिय परिषद् बैठकले काठमाडौंका बराललाई सभापति निर्वाचित गरेको हो ।

२७ सदस्यीय कार्यसमिति मध्ये सभापति र वरिष्ठ उपसभापति निर्वाचनबाट र अरु पद सर्वसम्मत निर्वाचित गरिएको निवर्तमान सभापति गोविन्द खनालले बताए ।

समाजको वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल (पाल्पा ), उपसभापतिहरूमा पुष्पा मल्ल (सुर्खेत, राजेन्द्र पौडेल (चितवन ) रहेका छन् ।

यस्तै, महासचिवमा रेनुका पौडेल (काठमाडौं), कोषाध्यक्षमा किरण ढकाल (काठमाडौं) निर्वाचित भएका छन् भने सचिवहरुमा प्रदेश नं १ मा लक्ष्मी नारायण मिश्र (तेह्रथुम), मधेश प्रदेशमा अमर बहादुर गौतम (पर्सा), बागमती प्रदेशमा चन्द्रमणि बन्जरा (ललितपुर), गण्डकी प्रदेशमा सिताराम तिवारी (गोरखा), लुम्बिनी प्रदेश सन्तोष अधिकारी क्षेत्री (नवलपरासी पश्चित), कर्णाली प्रदेशमा प्रकाश शाही (सुर्खेत), सुदूरपश्चिम प्रदेश सचिवमा भक्त बिक (कैलाली), जनजाति सचिव रामप्रसाद जोसी (नुवाकोट ), दलित सचिव निर्मल नेपाली ( दाङ), महिला सचिवमा मिना ढकाल (रुपन्देही ), मधेशी सचिवमा सन्तोष रौनियार (सुनसरी) निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा नम्रता खरेल (काठमाडौ), फुलमाया सुनार (रुपन्देही), जानुका अधिकारी (नुवाकोट ), मिरादेवि अधिकारी (बारा) विनोदकुमार अधिकारी (चितवन), ज्ञानेन्द्र निरौला (झापा ), डिपी खनाल (रुपन्देही), दिल्ली जैसी (सल्यान ), तुल्सीराम सुनार (दाङ), देवराज भट्टराई (नवलपुर पूर्व) निर्वाचित भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu