विमान दुर्घटनामा बेपत्ता भएकाको खोजी जारी
पोखराको सेती खोंचमा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेकाहरुको सोमबार बिहानैदेखि उद्दार तथा बेपत्ताको खोजी कार्य भइरहेको छ । विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ ।
दुर्घटनामा परेकाे यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।