Connect with us
Kapilvast Forest

काठमाडौं महानगरले माग्यो १४५ शिक्षक

२०७९, ४ माघ बुधबारमा प्रकाशित

काठमाडौं महानगरपालिकाले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईई नतिजा सुधार गर्न २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न विद्यालयहरुमा अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको जनाएको छ ।

विभागले त्यसको लागि खुला विज्ञापन गरेको छ । विभागले गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच÷पाँच जना माग गरेको छ । शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिले सातदिनभित्र आवेदन दिन सक्नेछन् ।

त्यस्तै विभागले शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०-६० जना माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu