Connect with us
Kapilvast Forest

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा राजीनामाकाे घाेषणा

२०७९, ५ माघ बिहीबारमा प्रकाशित

एजेन्सी-डन्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री‍बाट राजीनामा दिने भएकी छन्।

आगामी महिना उनले न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।

उनले आज एक कार्यक्रमलाई सम्बाेधन गर्दै फेब्रुअरी ७ आफ्नाे कार्यकालकाे अन्तिम दिन हुने घाेषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन्।

बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन्।

केही समयपछि नै उनकाे कार्यकाल अब सकिँदै थियो। तर अर्काे निर्वाचनमार्फत पुन: प्रधानमन्त्री बन्ने माैका भए पनि उनले त्यसाे नगर्ने भएकी हुन्।

साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यवसायिक रूपमा कुनै योजना नभएकाे भन्दै भविश्यबारे विचार गर्न समय निकालेको प्रस्ट पारिन्।

न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ। साेही निर्वाचनबाट जितेर आएकाे प्रतिनिधि अबकाे त्यहाँकाे नयाँ प्रधानमन्त्री बन्नेछन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।

उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटको समस्यामा परेको न्यूजील्याण्डलाई नेतृत्व गरेकी थिइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu