Connect with us
Kapilvast Forest

निगमको दैनिक रिपोर्ट चाहियो काम गर्न नसके राजीनामा दिनू- मन्त्री किराती

२०७९, ९ माघ सोमबारमा प्रकाशित

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।
निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान भने ।

किरातीले निगमको बिजनेस प्लान पनि मागे । हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस् जहाज कहाँ कति उड्यो कहाँ रोकियो के कारणले रोकियो उनले भने जहाजको रिपोर्ट हरेक दिन हेर्छु बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु तर रिपोर्ट हेरेर मात्र फर्किन्छु ।

वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै उनले भने पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् उनले अघि भने सबैको नजर भएको निगमलाई बनाउनु पर्छ मबाट कसैलाई भेदभाव हुँदैन मलाई काम चाइयो निगमले परिणाम देओस् ।

उनले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।म बहुलाएर यो भनेको होइन, म ठीक नै छु उनले भने त्यसकारण निगम सुधार हुन्छ, म त्यो विश्वास गर्छु ।

राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरु हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताए । मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि सचेत दिए । यो देश ६ सय जनाको परिधिभित्र चल्छ, तपाईंको हरेक चलखेल तत्काल थाहा हुन्छ आजसम्म जे-जे भयो भयो आइन्दा यस्तो नहोस्’ उनले चेतावनीको भाषामा भने ।

निगमसँग उनले अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्ने प्रश्न पनि गरे । यहाँ टिकट नपाइने तर दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ ? उनले भने मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि ।

एम महिना भित्र टिकेटको समस्या समाधान गर्न निर्देशन दिए । जहाज समयमा उडोस् उनले भने एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भनेजति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।

उनले विगममा करार र ज्यालादारी कर्मचारी कति छन् ? भन्ने प्रश्न गर्दै ‘हातखुट्टा लामखुट्टेको जस्तो भएपनि काम भने नगर्ने संस्कृति रहेको बताए ।यो भर्तीकेन्द्र हो र ? यसरी भर्तीकेन्द्र बनाएपछि संस्था डुब्छ उनले भने आजदेखि जहाज रोकिनु हुँदैन, नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैं साथ दिन्छु ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu