प्रधानमन्त्री दाहाल र लुम्बिनी प्रमुख शेरचनबीच भेटवार्ता
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको हो । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गर्नु भयो।
भेटका क्रममा उहाँले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ ।