मुसाले टोक्दा, कुकुरले टोक्दा टेकु अस्पताल नै आउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ – राज्यमन्त्री कार्की
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।
मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन् ।