Connect with us
Kapilvast Forest

बुद्धभुमीका ४ सय बालबालिकालाई झोला सहीत शैक्षिक सामाग्री

२०७९, १० माघ मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमी नगरपालिका भित्रका बाल बिकास केन्द्र देखि कक्षा ५ सम्म अध्ययरत ४ सय बालबालिकालाई झोला सहीतको शैक्षिक सामाग्री बाडिएको छ । बिद्यालय र मदार्सामा अध्ययनरत बिपन्न र अनाथ बालबालिकालाई झोला कापी कलम सहीतको सामाग्री बाडिएको हो । बुद्धभुमी नगरपालिकाद्धारा वडा नम्बर ६ स्थित महुवा बावा बिद्यालयमा आयोजित एकीकृत शिबिरसमा सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

मेयर केवश कुमार श्रेष्ठ, उप मेयर मीरा थारु प्रमुख प्रशाकीय अधिकृत रमेश गौतम, उप सचिव लिल बहादुर राउत वडाध्यक्ष ऐलेन्द्र प्रसाद कुर्मी शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराई सहीतको टोलीले वडा नम्बर ६ स्थित २९ बालबालिकालाई सो शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । चालु आर्थिक बर्षको लक्षित बर्गको कार्यक्रम अन्र्गत बालबालिकालाई सो शैक्षिक सामाग्री बाडिएको मेयर श्रेष्ठले बताए ।

गरीब र बिपन्न परिवारका बालबालिकालाई शिक्षाकोे पहुच बढाउने उद्देश्यले नगरपालिकाले सो कार्यक्रम गरेको उनले बताए । उनले गरीब र बिपन्न परिवारका बालबालिकालाई नगरपालिकाले थप सहयोग गर्ने बताए । पालिकाका १० वडा भित्र रहेका बिद्यालय र मदार्साका अध्ययरत ४ सय बिद्यार्थीको छनौट गरी सो शैक्षिक सामाग्री बाडिएको प्रमुख प्रशाकीय अधिकृत गौतमले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu