Connect with us
Kapilvast Forest

कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक

२०७९, ११ माघ बुधबारमा प्रकाशित

काठमाडौँ- पछिल्लो पटक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको जनाइएको छ। दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोस्टर (योग्य श्रमिक सूची)मा रहेका नेपालीको माग तीन गुणाले बढेको हो। दक्षिण कोरियाले नेपालसहितका विभिन्न १६ देशबाट ईपीएसमार्फत श्रमिक आपूर्ति गर्दै आएको छ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले पछिल्लो पटक दक्षिण कोरियामा श्रमिक आपूर्ति गर्ने १६ देशमध्ये सबैभन्दा धेरै नेपाली श्रमिक पहिलो छनोटमा परेको जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यो वर्ष भने दक्षिण कोरियाले नेपाली श्रमिक बढी लिँदै आएको छ।

शाखाले पछिल्लो पटक ईपीएसमार्फत मासिक दुई हजार नेपाली श्रमिक पठाउने गरी तयारी गरेको जनाएको छ। नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटोछरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट श्रमिक लैजान कोटासमेत थप गरेको शाखाका निर्देशक कटुवालले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu