Connect with us
Kapilvast Forest

अमेरिकामा अर्को गोलीकाण्ड तीन जनाको हत्या

२०७९, ११ माघ बुधबारमा प्रकाशित

सान फ्रान्सिस्को- अमेरिकामा मङ्गलबार पनि अर्को गोलीकाण्ड भएको छ । यहाँका एकजनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।
एक पसलमा गोली हानेर ती व्यक्तिले तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।

अमेरिकाको वासिङटन राज्यको याकिमामा रहेको सो पसलमा एकजना व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्नुअघि सो पसलमा कुनै पनि विवाद नदेखिएको तर अकस्मात गोली हानेर पसलमा रहेका तीन जनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

पसलमा आएका व्यक्ति यसो यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर गएको प्रहरीको भनाई छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्को एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu