Connect with us

हिमपातपछि रोकिए निर्माण

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

हुम्ला- दुई दिन लगातार परेको बाक्लो हिमपातका कारण उत्तरी हुम्लाका छ दर्जनभन्दा बढी विकासे योजनाका काम ठप्प भएका छन्। निर्माण कार्य भइरहेको स्थानमा हिउँ जमेका कारण काम गर्न नसकिने भएपछि योजनाको काम ठप्प भएको हो।

नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अत्यधिक हिमपातले गर्दा गाउँपालिकाद्वारा सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी योजनाको काम ठप्प भएको बताए।

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले उत्तरतर्फका एक दर्जनभन्दा बढी सडक निर्माणका योजनाको काम हिमपातले गर्दा रोकिएको जानकारी दिनुभयो। यसरी हिमपातकै कारण निर्माण कार्य रोकिएका योजनामा सडक निर्माण स्तरोन्नति तथा पुल निर्माणको काम रोकिएको योजना प्रमुख यादवले जानकारी दिनुभयो ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाले ४० भन्दा बढी योजनाको काम रोक्नु परेको जनाएका छन्। दुवै गाउँपालिकाले निर्माण कम्पनी र उपभोक्तामार्फत काम सुरु भएका योजनाको निर्माण कार्यलाई हिमपातका कारण रोकिएको बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu