Connect with us
Kapilvast Forest

माधव नेपालसँग वामदेवको चार सर्त

२०७९, १४ माघ शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त राखेका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए ।

अब अलग्गै नबस्नुहोस् एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । उनका अनुसार वामदेवले राखेको सर्तमा पार्टीभित्र छलफल गर्न सकिने अध्यक्ष नेपालले बताएका छन् ।

तर गौतमले भने अलग्गै पार्टीको नेतृत्व गरिरहेकाले थप छलफल नगरी पार्टी प्रवेश नगर्ने बताएका छन् । गौतमको सर्तमा तीन वटा सैद्धान्तिक विषय छन् । पहिलो जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको सर्त छ ।

एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । तर एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद-लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।

गौतमको दोस्रो सर्त हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री । यो विषयमा पनि छलफल गर्न सकिने एकीकृत समाजवादीका नेताहरुले बताउने गरेका छन् । तेस्रो सर्तका रुपमा गौतमले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने भनेका छन् ।

बाहेक भने गौतमले आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu