राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ : शेखर कोइराला
विराटनगर- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् । शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।
निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ बट आवस्यक छैन उनले भने । उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने जानकारी दिनुभयो ।
सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुनेले बताउनु भयो । नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको जनाए ।