भारतीय वायुसेनाको दुई फाइटर विमान दुर्घटना : फोटो फिचर
काठमाडौं- भारतको राजस्थानस्थित भरतपुरमा सेनाको दुई वटा लडाकु विमान आज दुर्घटना भएको छ । त्यहाँस्थित उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेसन नजिक शनिबार बिहान साढे १० बजे विमान दुर्घटना भएको हो ।
भारतीय सेनाको सो विमान आज बिहान उत्तर प्रदेशको आगरा वायुसेना स्टेसनबाट उडान भरेको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ भारतीय प्रहरी र स्थानीय पुगे पनि विमान दुर्घटनापछि पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।
बस्तीनजिक जङ्गल क्षेत्रमा विमान दुर्घटना भए पनि त्यहाँ केहीबेर नागरिकको भागदौड मच्चिएको थियो । विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ । सेनाको विमानमा के कति मानिस सवार थिए भन्ने यकिन भएको छैन । यद्यपि केही भारतीय सञ्चारमाध्यमले एक विमानका चालकको मृत्यु भएको छ र अर्को विमानका चालक सुरक्षित रहेको दाबी गरेका छन् ।
फोटो फिचर

