शहीद गंगालाल राष्ट्रिय हृदय आशाको केन्द्र हाे: प्रम प्रचण्ड
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनुभएको छ ।
आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो ।
तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईंहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ।
प्रधानमन्त्रीले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो। उहाँले भन्नुभयो गंगालाल हृदय केन्द्र देशभका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ।
जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।