Connect with us
Kapilvast Forest

कहिले बन्ला भरतपुरको क्रिकेट रंगशाला

२०७९, १६ माघ सोमबारमा प्रकाशित

चितवन- पर्वत पैयु गाउँपालिकाका ६१ वर्षीय देव न्यौपाने चितवन आएको मौका पारेर भरतपुर महानगरपालिका वडा नं. १५ मा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला पुगे । कलाकार धुर्मुस र सुन्तलीले बनाएको रंगशालाबारे सुन्दै आएका उनलाई के–कति काम भएको रहेछ भनेर हेर्ने रहर थियो ।

कामको सिलसिलामा चितवन आउँदा भरतपुर–१५ स्थित निर्माणस्थलमा पुगे, क्रिकेट मैदानमा बनाइएको भ्यूटावरमा उक्लिए । हातले आँखाको माथिल्लो भाग छेक्दै परसम्म हेरे । सबैतिर नजर लगाएपछि प्रश्न गरे अब कहिले बन्ला

रंगशालाको काम रोकिएको झण्डै डेढ वर्ष भयो । रंगशालाभित्र झाडी पलाएको छ । ठड्याइएका पिलरका रडमा खिया लाग्न थालेको छ । स्याहारको अभावमा दूबो मर्न थालेको छ । कामदार बस्न बनेका संरचना थोत्रिंदै गएका छन् ।

जबकि १६ माघ २०७५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गर्दा छुट्टै उत्साह थियो ।

दिन–रात नभनेर काम भइरहेको हुन्थ्यो । रंगशालामा आउनेहरूले स्वतस्फूर्त रूपमा सहयोग दिन्थे । विदेशमा रहेका नेपालीले पनि सहयोग रकम पठाइरहे । तर कोरोनाभाइरसको महामारी सुरु भएपछि रकम आउने क्रम विस्तारै कम हुन थाल्यो ।

रकम जुटाउन (२०७७ माघ १९–२७) रंगशाला परिसरमा नै महायज्ञ लगाइयो । महायज्ञबाट पनि सोचे अनुसार रकम उठ्न सकेन । रकम अभावसँगै तिर्नुपर्ने बक्यौता बढेपछि धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशालाको निर्माण रोक्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu