Connect with us
Kapilvast Forest

भित्ता भत्काएर हिरासतबाट भागे ६ अभियुक्त खोजी गर्दै प्रहरी

२०७९, १६ माघ सोमबारमा प्रकाशित

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन्। आइतबार राति हिरासत तोडेर उनीहरू फरार भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो ।

इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्तमध्ये २ जनालाई हातहतियार २ जनालाई लागुऔषध र २ जनालाई राष्ट्रसेवक बाधा मुद्दा लागेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जनाए ।

फरार हुनेहरूमा रोशन महतो र शंकर सिंह हातहतियार विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध र रोशन यादव र हरिदीप सिंह राष्ट्र सेवक बाधा मुद्दाका अभियुक्त हुन्।
फरार अभियुक्तहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएका कारण फोडेर अभियुक्तहरू भाग्न सफल भएको धनुषा प्रहरीको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu