Connect with us
Kapilvast Forest

काँग्रेसको समर्थनबाटै राष्ट्रपति: महामन्त्री शर्मा

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

पशुपतिनगर- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनु भएको छ । महामन्त्री शर्माले आत्मदाह गर्नु भएका इलामको सूर्योदय नगरपालिका ११ केराबारीका प्रेम आचार्यको परिवारसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसले प्रस्ताव गरेकै व्यक्ति जुनसुकै परिस्थितिमा राष्ट्रपति बन्ने बताउनु भएको हो ।

महामन्त्री शर्माले काँग्रेस सहितको सहभागितामा प्रस्ताव गरिएको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व कायम गरिने विश्वास विश्वास व्यक्त गर्नु भयो । राष्ट्रपतिको भन्ने विषयमा भने काँग्रेस सहितको सहभागितामा टुङ्गो लगाइने बताउनु भयो ।

उहाँले राष्ट्रपतिका लागि पार्टी भित्र लामो त्याग भएका एक सय एक योग्य नेतृत्व भएको दाबी गर्नु भयो । उहाँले संविधानको संरक्षक बन्ने व्यक्ति नै राष्ट्रपति हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो ।

महामन्त्री शर्माले काँग्रेसको मतभार मात्र राष्ट्रपति बन्नका लागि पर्याप्त नभएकाले अन्य दलसँग समेत छलफल अघि बढाएको जानकारी दिनु भयो शर्माले भन्नु भयो ‘२५-२६ हजार मतभार चाहिन्छ हामीसँग केबल १६ हजार मतभार छ , त्यसले अन्य दल सँग छलफल जरुरी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu