Connect with us
Kapilvast Forest

पापिनी मेलामा किशोरी विवाह

२०७९, १८ माघ बुधबारमा प्रकाशित

रुकुमपश्चिम- रुकुमपश्चिमको मुसीकोट–७, साँखमा हरेक वर्ष माघ १४ गते लाग्ने पापिनी मेला धुमधामसाथ मनाइएको छ। मेलाको प्रमुख आकर्षणका रूपमा किशोरीले बेहुलाको रूपमा सिँगारिएर विवाह कार्य सम्पन्न गरिन्छ। रीतअनुसार बेहुली माग्ने जन्ती जाने बेहुली लिएर फर्कने धुमधामको भोजभतेर र मेला भर्ने कार्य पापिनी मेलामा गरिन्छ। यो मेला तीन दिनसम्म धुमधामसाथ मनाइन्छ।

हरेक वर्ष माघ १४ गते साँझ दुलही माग्न जाने १५ गते साँझ दुलहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ। पापिनी मेलामा गरिने विवाह वास्तविक बिहे होइन यद्यपि यो बिहेमा बेहुला बेहुली दुवै किशोरी नै हुन्छन्।

किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा शृङ्गार गरेर रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार छोरीलाई अन्माएर पठाउने परम्परा छ। १४ गते साँझ साँखको तलिगाउँबाट जन्तीसहित गएको दुलहा पक्ष माथिगाउँबाट दुलही लिएर १५ गते फर्केको थियो। १६ गते सोमबारका दिन साँख दहमा धुमधामको मेला र भोजभतेर गर्ने चलन छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj