Connect with us
Kapilvast Forest

बाह्रकिलोबारपाक सडक : ६ पटक म्याद थप्दा पनि काम भएन

२०७९, १८ माघ बुधबारमा प्रकाशित

गोरखा- बाह्रकिलो–बारपाक सडक कालोपत्रेका लागि काम सुरु भएको करिव सात बर्ष पुग्न लाग्यो, तर हालसम्म काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र छ । यी दुई निर्माण कम्पनीको लापरवाहीले समयमै काम हुन नसकेको हो ।

अर्कुल बजारदेखि बालुवासम्मको ८ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लोहनी एण्ड ब्रर्दश प्रालिको हालसम्म ६ पटक म्याद थप भइसक्यो । ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाका अनुसार २०७२ साल असार ३१ गते सम्झौता गरेर काम सुरु भएको थियो ।

तर हालसम्म कामको भौतिक प्रगति ७९ प्रतिशत मात्र छ । अन्तिम पटक थप भएको म्याद अनुसार २०८० साल असार २५ गते काम सक्नुपर्छ । तर कामको गति हेर्दा सम्पन्न गर्न मुश्किल देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj