Connect with us
Kapilvast Forest

चार हजार ६३३ परिवारलाई गरिब परिचयपत्र दिइँदै

२०७९, १८ माघ बुधबारमा प्रकाशित

पाल्पा- पाल्पामा गरिब पहिचान भएका चार हजार ६३३ परिवारलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । पाल्पाका दश पालिकामा गरिब पहिचान भएकाहरुलाई परिचयपत्र वितरणको काम सुरु भएको स्थानीय तहहरूले जनाएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त विपन्न परिवारको पहिचानपत्र वितरणको काम सुरु भएको बगनासकाली गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा प्राप्त ११३ परिवारको गरिब पहिचान परिचयपत्र घरमै पुगेर वितरणको काम सुरु गरिएको पालिकाकी अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । परिचयपत्र वितरणपछि स्थानीय, प्रदेश र सङ्घीय सरकारले दिने विभिन्न सेवा तथा सुबिधा न्यायोचित बन्ने उहाँले बताउनुभयो ।

जिल्लाको निस्दी गाउँपालिकामा ५०१, माथागढी गाउँपालिकामा ३३० परिवारलाई गरिव परिचयपत्र वितरण गर्न थालिएको हो । सरकारले अति गरिब, मध्यम् गरिव तथा सामान्य गरिब गरेर तीन प्रकारमा गरिवको बर्गीकरण गरेर पहिचानपत्र पठाएकाले त्यसलाई तत्कालै वितरण गर्न लागेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । तानसेन नगरपालिकामा ६८७ परिवारको पहिचानपत्र वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu