Connect with us
Kapilvast Forest

गोरखापत्रकर्मी पराजुली सम्मानित

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

भरतपुर- गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । विश्व सिमसार दिवसको अवसर पारेर राप्ती नदी तटीयक्षेत्र सरसफाई अभियानले एक कार्यक्रम गरी पराजुलीलाई सम्मान गरेको हो ।

समाचारका माध्यमबाट वातवरणीय सुधार र नदी सरसफाईका क्षेत्रमा गर्नुभएको योगदानको मूल्याङ्कन गर्दै पराजुलीलाई सम्मानित् गरिएको हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पराजुलीलाई सम्मानित गर्नुभयो ।

पराजुली गोरखापत्र दैनिकमा लामो समयदेखि समाचारदाताको रुपमा काम गर्दै आउनुभएको छ । यस्तै सोही कार्यक्रममा राष्ट्रिय समाचार समितिका संवाददाता आनन्द पोख्रेललाई पनि सम्मानित गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदी सरसफाइमा अभियानले चार सय हप्ता पूरा गरेको छ । यो अवधिमा अभियानले नदी सरसफाई गर्दै जलचरको संरक्षणमा विशेष पहल गरेको अभियानका अध्यक्ष अपिल घिमिरेले जानकारी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu