Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सभाको स्थापना दिवस मनाइँदै

२०७९, २१ माघ शनिबारमा प्रकाशित

दाङ- लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस आज मनाइँदैछ । राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा औपचारिक समारोहकाबीच प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।
२०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ। लुम्बिनी प्रदेशसभा अन्य प्रदेशको तुलनामा कानुन निर्माणमा अगाडि रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले बताए । प्रदेश सभाको पहिलो कार्यकालमा मात्रै ७२ वटा विधेयक सभाबाट पारित गरेको उनले जानकारि गर्नु भयो ।

प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री लिला गिरीले पाँच वर्षको अवधिमा प्रदेशको नाम राजधानी तोक्ने त्यसलाई कार्यान्वयन गर्नेजस्ता महत्त्वपूर्ण काम गरेको बताए ।मुख्यमन्त्री गिरिले मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्न सरकार लागिपरेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu