बर्दियामा शेखर–गगन पक्षको नेविसंघमा छुट्टै अध्यक्ष चयन
काठमाडौं- नेपाल विद्यार्थी संघको शेखर–गगन पक्षधरले बर्दियामा जिल्ला अध्यक्ष तोकेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनबाट जिल्ला अध्यक्ष तोक्न लागेपछि त्यसभन्दा अघि नै इतर पक्षले अर्को व्यक्ति चयन गरेको छ ।
संस्थापन पक्षले गरेका निर्णय विरुद्ध समानान्तर समिति बनाउने क्रम शेखर–गगन पक्षले सुरु गरेको छ । अध्यक्ष शेर्पाले आफूखुसी चयन गरिएको जिल्ला समितिलाई मान्यता नदिने बताए ।
कसैलाई बनाइदिएर हुने भए राष्ट्रपति/प्रधानमन्त्री पनि उनीहरुले तोके भयो नि शेर्पाले भने बर्दियामा तोकिएको जिल्ला अध्यक्षले संघको मान्यता पाउँदैनन् ।जिल्ला र क्याम्पस संयोजकमा अध्यक्ष शेर्पाले एकलौटी निर्णय गरेको भन्दै अर्को पक्ष विरोधमा उत्रिएको छ ।
हालसम्म ३३ जिल्ला र ५२ क्याम्पसमा नयाँ कार्यसमिति बनेको शेर्पाले जानकारी दिए । संस्थापन पक्षले एकतर्फी गरेको निर्णयलाई अस्वीकार गर्ने शेखर–गगन पक्षका विद्यार्थी नेताहरुले बताएका छन् ।