एमाले दक्षिणपन्थी माओवादीले सत्ता स्वार्थका लागि जे पनि गर्छ : माधव नेपाल
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार पाटर्ीेको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् ।
अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको उल्लेख गरेका छन् ।
दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ, यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध छैन’ उनले भनेका छन् । अध्यक्ष नेपालले नेकपा माअेावादी केन्द्र भने ढुलमुले चरित्रको रहेको बताएका छन् ।
यसको पनि वर्ग अडान स्पष्ट छैन, सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रीय हुँदै गएको छ नेपालको प्रतिवेदनमा भनिएको छ ।