राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय समितिको बैठक बस्दै
काठमाडौं- राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेस संसदीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बस्ने छ ।
संसदीय समितिको बैठकमा पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखक पदेन सदस्यको रूपमा सहभागी हुँदै आएका छन् ।यो संसदीय समिति पूर्ण नभएकाले देउवाले बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गर्दै आएका छन् ।