Connect with us
Kapilvast Forest

भासु भीरबाट जिप खस्दा हाम फालेर दुई जना जोगिए

२०७९, २२ माघ आईतवारमा प्रकाशित

धनगढी- कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट जिप खस्दा हाम फालेर दुई जना जोगिएका छन् । मर्मतका लागि अत्तरियातर्फ ल्याउँदै गरेको सु.प.प्र. ०१००१ ज १३६१ नम्बरको फोर्स जिप ब्रेक फेल भई भीरबाट तल खस्दा सवार दुई जनाले हाम फालेर ज्यान जोगाएका हुन । शनिबार राति ११ बजे जिप भीमदत्त राजमार्गबाट तल खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हाम फाल्दा जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय ईश्वर पन्त र डडेल्धुराको परशुराम नगरपालिकाका–५ का ४१ वर्षीय लालबहादुर खड्का सामान्य घाइते हुनुभएको छ । चालक पन्तको बायाँ हात, छातीमा र खड्काको कुममा चोट लागेको छ ।

दुवै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । जिपमा दुई जना सवार रहेको र मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu