सिम वितरणमा भद्रगोल : ५ महिनामा ३२ करोडको डिजिटल लूट
काठमाडौं- विगतमा चोरी भन्ने वित्तिकै घरमा गएर सरसामान नगद वा जिन्सी उठाएर लैजानु भन्ने बुझिन्थ्यो । तर अहिले चोरी र लूटपाटको शैली पूरै बदलिएको छ । अब तपाईंले अलिकति हेलचेक्र्याइँ मात्रै गर्नुभयो भने तपाईंको हातमा रहेको स्मार्ट फोन र ल्यापटपबाट कतिखेर कति पैसा लुटिन्छ थाहै हुन्न । किनकि चोरी र लूटपाटमा प्रविधि जोडिन आइपुगेपछि अपराधको शैली पनि बदलिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार, मोबाइल फोन वा ल्यापटपमा झुक्याई पहुँच बनाएर मोबाइल बैंकिङ र डजिटल वालेटमार्फत लूट मच्चाउन थुप्रै गिरोह सक्रिय छन् । यस्ता गिरोहबाट लुटिएँ भन्दै प्रहरीकहाँ उजुरी आउने क्रम दैनिक बढ्दो छ ।