Connect with us
Kapilvast Forest

सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटरले

२०७९, २३ माघ सोमबारमा प्रकाशित

काठमाडौं- पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग भेटे गरेका छन् । आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् ।

हामीले बिहान रिजवानसँग भेट गरेका छौं एक खेलाडीले भने । आइतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए ।

आफूहरुबीच निकै छोटो अनौपचारिक भेट भएको अध्यक्ष चन्दले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।रिजवानले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भेट्ने मनासाय आफूसँग राखेको चन्दले बताए । सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न आएको रिजवानले बताएका थिए चन्दले भने ।

बलात्कार आरोप लागेका सन्दीप विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका छन् र उनलाई क्यानले राष्ट्रिय टिममा समावेश गरेका छ । जसको सर्वत्र आलोचना भइरहेको छ ।निक्कै छोटो समयका लागि नेपाल आएका रिजवान आजै १२ बजे फर्किएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu