राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न
नेपालगञ्ज- थारु भाषा साहित्य संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था भाषाप्रेमी लेखक प्रकाशक सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ ।
थारु लेखक सङ्घ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलनको समापन गर्दै थारु लेखक सङ्घका अध्यक्ष डा. कृष्णराज सर्वाहारीले यो सम्मेलनले थारु साहित्यको विकास र जगेर्नाका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।
दाङ देउखुरी बाँके बर्दिया कैलाली कञ्चनपुर र सुर्खेतमा थारु साहित्यकारको अवस्था हेरेर लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिष्ठान बन्नु पर्ने आवश्यकता औँल्याउँदै उहाँले केन्द्रको प्रज्ञा प्रतिष्ठानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउनुपर्ने माग गर्नुभयो ।