हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सञ्चालन हुँदै
रौतहट- जिल्ला स्वास्थ्य कार्यालय रौतहटले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ । अघिल्लो पटक यस रोगविरुद्धको औषधि बहुसङ्ख्यक मानिसले नखाएका कारण यसपटक अभियान नै सञ्चालन गरी औषधि खुवाउन थालिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरेश यादवकाअनुसार जिल्लामा आगामी फागुन ११ देखि २५ गते भित्र नागरिकको घरघरै पुगी औषधि खुवाइने छ । स्वास्थ्य कार्यालयको आयोजनामा आइतबार बसेको जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठीले हात्तीपाइलेको औषधि खुवाउन अभियान सञ्चालन जनाएको छ ।