मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौंः सञ्चारमन्त्री शर्मा
काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ ।
सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको भेटघाट कार्यक्रममा बोल्नुहुँदै सञ्चार मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताउनुभएको हो ।
उहाँले त्यसका लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गर्नुभयो । मन्त्री शर्माले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताउनुभयो ।