Connect with us
Kapilvast Forest

ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना

२०७९, २३ माघ सोमबारमा प्रकाशित

ताप्लेजुङ- प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । प्राकृतिक भू–बनावट, अनुपम जैविकतासँगै यहाँको धार्मिक पर्यटकीय स्थललगायतले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।

प्रदेश १ को पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो भ्रमणका क्रममा ताप्लेजुङ आउनुभएका आचार्यले प्रचुर सम्भावना भएर पनि विकास र प्रवर्धनमा भने पछि परेकाप्रति दुःख व्यक्त गर्नुभयो । आइतबार प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन तथा भ्रमण गर्नुहुँदै मन्त्री आचार्यले ताप्लेजुङको पर्यटन विकासका लागि आफूले गर्ने पहलमा कमी हुन नदिने जनाउनु भयो ।

प्रदेशसभा सदस्य निर्वाचित भएको मोरङ जिल्ला भए पनि मन्त्री प्रदेश १ को भएकाले पर्यटनका लागि जहाँ प्रसस्त सम्भावना तथा स्रोत छ, त्यहाँ आफ्नो ध्यान र पहल रहने उहाँले बताए ।

उहाँले प्रदेश सरकारका तर्फबाट मन्त्री भएको हैसियतले यहाँको पर्यटन विकास र प्रवर्धनका लागि आफूले पहल गर्ने बताउनुभयो । सम्बन्धित जिल्लाका तर्फबाट स्थानीय सरकार, राजनीतिक दलका नेतृत्वले अलि बढी जोड गर्नुपर्ने जानकारी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu