कर्मचारीलाई निर्देशन पीरमर्का भए सिधै भन्नुस अरुलाई पन्छ्याएर उम्किन मिल्दैन : मुख्यमन्त्री शर्मा
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन दिदै अरुलाई पन्छायाएर उम्किन नमिल्ने बताएका छन् । प्रदेशको भौतिक वित्तीय प्रगति र राजश्व आम्दानीको अवस्था दयनीय भएकाले लक्ष्य अनुसारको प्राप्ति हुन किन सकेन भन्दै प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीहरुसँग जवाफ खोजे हुन् ।
चालु आवको साढे ६ महिना बेतित भै सक्दा आन्तरिक राजस्व ७१ करोड २९ लाख अनुमान गरिएकोमा २५ करोड ५ लाखमात्र उठेको वित्तिय खर्च १०.७७ हुँदा भौतिक खर्च कतिभयो भनेर सहजै अनुमान लगाउँन सकिन्छ निर्देशनको ३ नम्बर बुँदामा भनेका छन् यो अवधिमा हामीले के गरेर वितायौं भन्दै प्रश्न गरेका छन् ।
चुनौतीलाई सामना गर्दै सचिवहरूले उल्लेखनीय रूपान्तरण गर्न विशेष प्रतिबद्धता र योगदानको अपेक्षा मुख्यमन्त्री शर्माले गरेका छन् । १७ माघमा निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका शर्माले कर्मचारीलाई भनेका छन् कुनै पीरमर्का भए मलाई सिधै भन्नुस तर अरुलाई पन्छ्याएर उम्किन मिल्दैन।
उनले कर्मचारीहरुलाई कसैको डर, धाक, दबाब र प्रभावमा नपरी दिएको जिम्मेवारी इमानदारी निष्ठा र कुशलतापूर्वक निभाउन निर्देशन समेत दिए । कार्यगत तहमा समस्या भए प्रशासनिक निकायले द्रुत गतिमा कार्य सम्पादन गरी प्रश्नहरू नउठ्ने वातावरण मिलाउनु पर्ने मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो।
शिक्षा यातायात सवारी दर्ता नविकरण सवारी चालक अनुमति पत्र जारी सरकारी अस्पतालमा बिरामीको उपचार जस्ता आधारभुत सेवा लिन जनताले भोगेको सास्ती हटाउँने काम तत्काल प्राथामिक्तामा राख्नुहोस निर्देशको १७ नम्बर बुँदामा भनिएको छ ।
उनले ठूला आयोजनामा विनियोजित भएको बजेट हालसम्म भएको खर्च र भौतिक प्रगति र विकास आयोजनामा निर्माणको गति तीव्र गर्ने उपायहरू सहितको कार्य योजना तत्काल तयार गरी कार्यान्वयन गर्नुपर्ने प्रति ब्रर्दता जनाउनु भयो ।