कपिलवस्तुको आयसा गर्ल्स कालेजमा निशुल्क स्वास्थ्य शिविर
कपिलवस्तुको कृष्णनगर नगरपालिका ३ मा रहेको आयसा गर्ल्स कालेजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीको पहलमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा विशेषज्ञ सहितको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा छालातथा यौन रोग, महिला तथा स्त्रीरोगका बारेमा शिविर संचालन गरिएको हो । कृष्णनगर नगरपालिका भित्रका बहुसंख्यक सेवाग्राही आफ्नो चेकजांच गराउनका साथै निस्शुल्क रूपमा औषधि समेत लिएका थिए । शिविरमा स्त्री रोग विशेषज्ञ शकुन्तला गुप्ता, छाला रोग विशेषज्ञ रक्षा पाठक, जनरल फिजिशियन डा.पोषण न्योपानेले चेकजाच गर्नुभएको थियो ।
राष्ट्रीय मदरसा संघ नेपालले शिविरमा सहयोग गरेका सबैजनालाई सम्मान गरेको छ । प्रदेश निर्दैशनालयका डायरेक्टर डा. विनोद कुमार गिरि, मुस्लिम आयोगका सदस्य अरशद मिर्जा बेग, बरिष्ठ जनस्वास्थ्य प्रशासक रोसन लाल चौधरी तथा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मालाई शिविरमा सहयोग गर्नुभएकोमा सम्मान गरेको राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनी अल्कूफीले जानकारी दिनुभयो ।
आयसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, मौलाना अब्दुल नूर, डा. सहिद अहमद असरि, मौलाना अब्दुल सत्तार, मौलाना अब्दुल रशीद मदनी लगायतले शिविर व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।