Connect with us
Kapilvast Forest

मधेश सरकारमा माओवादी सहभागी सुनिता मन्त्री रहबर अन्सारी राज्यमन्त्री

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

जनकपुरधाम- मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन् ।

उनले सोमबार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन् । नियुक्तिको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी सरकारले दिएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । योसँगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ । सत्ताको नेतृत्व गरेको जसपाले अर्थ, सामाजिक विकास र खाने पानी तथा ऊर्जा विकास मन्त्रालयसहित तीन मन्त्रालय पाइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu