Connect with us
Kapilvast Forest

इन्टरनेट पहुँचले बाल यौन दुर्व्यवहारका घटना बढ्दो

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

ललितपुर- बालबालिकामा इन्टरनेटको पहुँच बढेसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार बढेको पाइएको छ । फेसबुक म्यासेन्जर टिकटक युट्युब भाइवर ह्वाटसअप इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुर्व्यवहार हुने गरेको विज्ञहरूले दाबी गर्नुभएको छ ।

भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्णकुमार थापाले भन्नुभयो अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारमा बालबालिकाको शारीरिक मानसिक शैक्षिक नैतिक सामाजिक विकास तथा अवस्थामा असर पर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

सोमबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले केही समयअघि आफूहरूले गरेको अध्ययनले इन्टरनेटको प्रयोगबाट ७५ प्रतिशत बालबालिका यौन हिंसाका सिकार हुने गरेका देखाएको जानकारी दिनुभयो ।

उहाँले भ्वाइस अफ चिल्ड्रेन र बाल यौन शोषण अन्त्यका लागि विश्वव्यापी संस्था इपिक्याट लक्जम्वर्ग ले सन् २०१७ मा उपत्यकाका पाँचदेखि १२ वर्ष उमेर समूहका ४५२ बालबालिकामा गरिएको सर्वेक्षणअनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाय बारे आफूलाई थाहा नभएको बताएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu