महाराजगन्जको शान्तिनगरमा सातौं अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको महाराजगन्ज नगरपालिका ९ शान्तिनगरमा सातौं अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । एभरेष्ट युवा क्लबको आयोजना आगामी फागुन ११,१२ र १३ गते अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने क्लबका अध्यक्ष मैनुद्दिन खानले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका भलिबल खेल समुहले सहभागिता जनाउनेछन । प्रथम हुने समुहलाई शिल्ड, कप र नगद २० हजार, दोस्रो हुने समुहलाई १५ हजार र तेस्रो हुने समुहलाई १० हजार पुरस्कारको ब्यवस्थापन गरेको एभरेष्ट युवा क्लबका अध्यक्ष मैनुद्दिन खानले बताउनु भयो ।
भलिबल खेल ब्यवस्थापनको एभरेष्ट युवा क्लबले खेल संयोजकको जिम्मेवारी पुर्व अध्यक्ष शाहिद खानलाई दिएको छ ।
खेलमा सहभागीता जनाउन र अन्य थप जानकारीको लागि शाहिद खानको मोबाइल नम्बर ९८५७०२३२४३ र ९९२१४७८७६० मा सम्पर्क गर्न क्लबले अनुरोध समेत गरेको छ ।