Connect with us
Kapilvast Forest

प्रेम दिवसमा रानिमहलको ब्रान्डिङ हुने

२०७९, २५ माघ बुधबारमा प्रकाशित

तानसेन- तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ ।

फागुन २ गते मनाइने दिवसका दिन रानिमहलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा २५ विशेष जोडिले रातो गुलाबको फुल साटासाट गर्नेछन् ।

वि.सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटी पौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस– २ मा अवस्थित रानी महल दरबार नेपालकै ताज महलका रूपमा काली गण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशालीमै रहेको छ ।

रानी महल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

शिवको मन्दिरमा जोडिले सिक्का साटेर आफ्नो जोडी अमर बनाउने बर माग्ने कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu