Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपाने

२०७९, २५ माघ बुधबारमा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा रुपन्देहीका दधिराम न्यौपानेलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम गिरीले सचिवालय विस्तार गरेका हुन् ।

अघिल्लो प्रदेश सभा सदस्य चुनावमा निर्वाचित न्यौपाने तत्कालीन नेकपामा विवाद हुँंदा माओवादी केन्द्र छाडेर एमाले रोजेका थिए । गत मंसिरको प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही १ (२) मा उनी कांग्रेसका अब्दुल रज्जाकसँग पराजित भएका थिए । प्रमुख राजनीतिक सल्लाहकारले राजयमन्त्री सरह सेवा सुविधा पाउँछन् ।

यस्तै मुख्यमन्त्री गिरीले बाँकेका गोपाल गिरीलाई आफ्नो सचिवालयको जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका छन् । संसदीय दल नेताको हैसियतमा मुख्यमन्त्री गिरीले रुपन्देहीका तुल्सीप्रसाद चौधरीलाई प्रमुख सचेतक र रेखाकुमारी शर्मालाई सचेतक नियुक्त गरेका छन् ।

यसअघि मुख्यमन्त्री लीला गिरीले प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका थिए । गिरीले बुटवलका कृष्ण कुमाललाई प्रमुख स्वकीय सचिव, दाङका टीका बस्नेतलाई प्रेस संयोजक, सचिवालयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारी र कम्प्युटर अपरेटरमा दाङका विपीन केसीलाई नियुक्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu