Connect with us
Kapilvast Forest

खुट्टाको सहायताले उच्च शिक्षा

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

कावासोती- पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा जन्मजात नै शारीरिक रूपमा अशक्त हुनुहुन्छ। उहाँ बोल्न तथा हातको सहाराले केही काम गर्न सक्नुहुन्न तर खुट्टाको सहयोगमा अन्य धेरै काम गर्दै आउनुभएको छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चाको रहर पनि झमकजस्तै साहित्यकार बन्ने छ।

२५ वर्षीय खाम्चाको बोल्न र हातले लेख्न नसके पनि स्मरण शक्ति निकै तीक्ष्ण, मनोबल उच्च छ। कुनै सबलाङ्ग मानिसभन्दा उहाँ कम हुनुहुन्न। उहाँले खुट्टाको सहायताले लेख्ने मोबाइल तथा ल्यापटपबाट सामाजिक सञ्जाल चलाउने गर्नुहुन्छ।

अन्य मानिसजस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने निकै ठूलो छ। मुस्किलले चलेका दुई खुट्टाको सहायताले १२ कक्षा पास गर्नुभएका खाम्चालाई अब उच्च शिक्षा हासिल गर्ने धोको छ।

सन्तानको सपना पूरा गराउन उहाँको परिवार सङ्घर्षशील छ तर घरको आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मन खिन्न बनाउने गरेको बुबा मनबहादुर बताउनुहुन्छ।

छोराले एसईई परीक्षा पास गरेपछि पढाइका लागि भनेर रामपुर नगरपालिका–१, बर्दाकोट पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आउनुभएको हो। कुपोषणका कारण शरीरका अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि उहाँलाई निको बनाउने परिवारको आशा निराशामा परिणत भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj