आजको मौसम : हिमपातको सम्भावना
काठमाडौँ- आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भावना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
यसैगरी प्रदेश नं. १ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान गरिएको छ ।