सुरुङ मार्गको भयो ब्रेक थ्रुरु
दोलखा- राष्ट्रिय गौरवको त्रिदेशीय उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको एमभी दुगढ हाइड्रो पावर प्रालिले आफ्नै लगानीमा निर्माण सुरु गरेको यो सुरुङ मार्ग निर्माणको ब्रेक थ्रु भएको कम्पनीले जनाएको छ ।
एक हजार ९४ दशमलव १८ मिटर लामो र ६ वाई ५.५ डायमेन्सनको सुरुङ मार्गको ब्रेक थ्रु भएको हो । सुरुङ मार्गभन्दा लप्चीतिर देउराली साइड एक किलोमिटर र देउराली खरानेखोलासम्म एक किलोमिटर सडक ट्र्याक खोल्ने काम पनि सम्पन्न हुन लागेको छ ।सुरुङ मार्ग सम्पन्न हुँदा अरू सडक पनि बनेर आयोजनाको ड्यामसम्म यातायात सञ्चालन हुने सुमो कन्स्ट्रक्सन प्रालिका साइड कर्मचारी हेमराज तामाङले जानकारी दिनु भयो ।